scheduleसोमवार जेष्ठ ७ गते, २०७५

विवाहको पार्टीमै दुलहीले बच्चा जन्माइन्

एजेन्सी, १९ पुस । इंग्ल्याण्डमा एक अचम्मको घटना घटेको छ । त्यहँ एक नवविवाहित दुलहीले आफ्नो बिहेको पार्टीमै एक बच्चालाई जन्म दिएकी छन् ।

१९ वर्षीया ड्यानी माउंटपोर्डलले बच्चा जन्माएकी हुन् । यससँगै १८ वर्षीय कार्ल विवाह गरेको केही दिनमै बाबु बनेका छन् ।

यद्यपी ड्यानी विवाहअघि नै गर्भवती थिइन् । उनको पेटमा गर्भ बसेपछि दुवैले विवाहबारे योजना बनाएका थिए । उनीहरु कानुनी आधारमा बाबु बन्न कार्लले आफ्नी गर्भवती प्रेमिकालाई भित्र्याएका थिए । चिकित्सकले जनवरीमा बच्चा जन्मिने बताएका थिए तर उनले मध्य डिसेम्बरमा बच्चा जन्माइन् । पार्टीमा नाच्दानाच्दै ड्यानीलाई गाह्रो भएपछि उनलाई अस्पताल लगिएको थियो ।

पार्टीमा उपस्थित भएका पाहुनाहरु अचम्ममा पर्ने थिए तर त्यसबारे कसैलाई पनि जानकारी दिइएको थिएन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC