scheduleबिहिवार फाल्गुन १० गते, २०७४

जापानमा आत्महत्याको लागि परिचित छ यो जंगल

एजेन्सी, १९ पौस । अमेरिकी युट्युब स्टार लोगेन पलको एउटाले सार्वजनिक गरेको एउटा भिडियोका कारण उनले धेरै नै आलोचनका खेपेका छन् । उक्त भिडियोमा उनले मानिसको लाशलाई देखाएका छन् जसको कारणले उनले आलोचना सहनुका साथै उक्त गल्तीमाथि माफि पनि मागिसकेका छन् ।

जापानको ओकिगाहारा जंगलमा पलले आफ्ना साथीहरु खिचेको उक्त भिडियोमा लाशको वास्तबिक लाश देखाइएको छ । उक्त भिडियोलाई सार्वजनिक गरेपश्चात मानिसहरुले उनीमाथि आलोचनात्मक टिप्पणी गरेका छन् ।

उनले माफी माग्दै आमरुपमा आत्महत्या गरिने उक्त जंगलमा नकरात्मक नभएर आत्महत्या प्रति जागरुकत फैलाउने आफ्नो मनसाय रहेको बताएका छन् ।

उनले उक्त भिडियो जापानस्थित आत्महत्याको जंगल नामले परिचित ओकिगाहारा जंगलमा लिएका थिए । यस जंगल जापानको राजधानी शहर टोकीयोबाट लगभग सय किलोमिटर टाढा रहेको फुजी पहाडको उत्तरपश्चिमी क्षेत्रका पर्छ । यस जंगलमा लाशहरु भेटिनु एकदमै स्वभाविक घटना हो । यहाँ प्रतेक वर्ष ५० देखि सयजना मानिसहरु आत्महत्या गर्छन् ।

यस जंगलमा एकदमै घना छ र शान्त छ । यहाँ धेरै चट्टानी गुफाहरु छन् तर जंगली जनावरहरु भने  पाइदैनन् । अमेरिकाको सेन फ्रांन्सिसकोस्थित गोल्डेन गेट ब्रिजजस्तै यो जपानी जंगलपनि संसारकै त्यस्तो स्थानमध्ये पर्छ जहाँ धेरै मानिसहरुले आफैलाई सिध्याउँछन् ।

यस जंगलमा हुने मृत्युबारेको कहानीमाथि एउटा द फरेस्ट नामक चलचित्र पनि २०१६ मा रिलिज भैसकेको छ ।

यस जंगलमा जापानका मानिसहरु एउटा कहानीबाट प्रेरित भएरपनि आत्महत्या गर्न आउने बताइन्छ । उक्त कहानी सेइचो माट्सुमोटोको १९६० मा प्रकाशित कहानी कुरोई जुकाई यानी द ब्ल्याक सि अफ ट्रीज हो । त्यस कहानीको अन्त्यमा एक प्रेमी जोडीले ओकिगाहारा जंगलमा आत्महत्या गर्छन् । तर केहि मानिसहर भने यस जंगलमा आत्महत्या गर्ने परम्परा १९औं शताब्दीबाटै उबासुते प्रथाबाट आएको विश्वास गर्छन् । त्यस उबासुते प्रथा अन्तर्गत सुख्खा याम या अनिकालको समयमा इच्छामृत्युको लागि वृद्धहरुलाई यस जंगलमा छोडिने गरेको बताइन्छ ।

यहाँसम्म कि १९९३ मा आएको एउटा पुस्तक द कम्पलीट हेन्डबुक अफ सुसाइडमा ओकिगाहारालाई मर्नका निम्ति उत्कृष्ट स्थान बताइएको छ । उक्त पुस्तकमा झुन्डिएर गरिने आत्महत्यालाई वर्क अफ आर्ट भनिएको छ । पुस्तकको लाखौं प्रति बिक्री भएपनि जापानमा भने त्यसलाई प्रतिबन्ध लगाइयो ।

ओकिगाहारामा हुने त्यस किसिमको आत्महत्यालाई रोक्न जापानी सरकार तथा प्रशासनले त्यहाँ विभिन्न किसिमका कोशिसहरु जारी राखेका छन् । जंगलमा पस्न अगावै त्यहाँ आत्महत्या विरुद्ध जागरुकता फैलाउन सुचना पाटी पनि राखिएको छ । साथै मदतका लागि आह्वान गर्न पनि त्यस सुचना पाटीमा उल्लेख गरिएको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL