scheduleमगलवार माघ २ गते, २०७४

राजनीतिक इमान्दारिता नभएसम्म केही हुन्न

बुद्धि तामाङ

बुद्धि तामाङ
म प्रत्येक वर्ष नेपाल जान्छु । आशा लाग्नेगरी अब चाहिँ केही होलाजस्तो छ भन्ने भान हुने गरी केही भएको देखिन्न । लोडसेडिङ हटाउने काम बाहेक ।

नेताहरुको भाषण, लेख र अन्तरवार्ता हेर्दा हामी सबैको मन उद्देलित हुन्छ। आशाको सन्चार हुन्छ । तर, जब वहाँहरुको चिन्तन, कार्यशैली र व्यवहार हेर्छौं, निराशा बाहेक केही पाइन्न ।

आमूल परिवर्तनको कुरा गर्दैमा हाम्रो पुस्ताको समय बित्यो ।

राजनीतिक परिवर्तन पनि भयो तर, जबसम्म सोचाइ, चिन्तन र व्यवहारमा आमूल परिवर्तन आउँदैन तबसम्म केही हुने देखिन्न । त्यो परिवर्तन नेतृत्वबाट सुरु हुनुपर्छ ।

मान्छेहरुमा समाजलाई कति योगदान दिने वा राज्यलाई के दिने भन्ने होइन समाजबाट र राज्यबाट कति लिन सकिन्छ भन्ने मै होड्बाजी छ । उदाहरणको लागि मेरो गाउँमा पहिला भूकम्प आउने बेलामा करिब आठ सयको हाराहारीमा घर धुरी थियो अहिले बढेर तीन हजार नाघेको कुरा छ । सामाजिक अगुवा भन्नेहरु नै यस्ता काममा सक्रिय छन् । सबै लुट्न मै ब्यस्त छन् ।

जबसम्म व्यक्ति धनी बनी रहने तर सामाजिक क्षेत्र र राज्य कमजोर भइरहने स्थिति रहिरहन्छ तबसम्म विकास र समृद्धि निकै परको कुरा बन्छ ।

सदरमुकाम र सहरहरु हेर्दा यहि कुराले सताउँछ । व्यक्तिका बडे-बडे महलहरु बनेका छन् तर घर अगाडिको बाटो पिच छैन । खाल्डाखुल्डी छ । धुलो उडेर घरको स्वरुप नै बिगारेको छ । बडे-बडे बिल्डिङ छ तर, बाटो भने साँघुरा गल्लीहरु छन् । एउटा मोटर आयो भने अर्को साइडबाट बाइकसम्म छिर्दैन ।

वाम गठबन्धनको बहुमत त आयो । राजनैतिक इमानदारिता देखायो भने राजनैतिक स्थिरता पनि होला । तर, चिन्तनमा आमूल परिवर्तन भएन भने सायद थप ब्रम्मलुट नहोला भनेर भन्न सकिन्न ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL