scheduleमगलवार माघ २ गते, २०७४

तपाईंलाई स्वागत गर्न कुरिरहेछ ल्वाङ होम स्टे (फोटोकथा)

कास्की, २२ पुस । पोखराको उत्तरी-पश्चिम मोहडाबाट झण्डै २० किलोमिटर टाढा रहेको ल्वाङ गाउँ प्राकृतिक सुन्दरताले भरिपूर्ण गाउँ हो । हिमालयन् अर्गानिक चिया बगानका लागि संसारमै चर्चित रहेको ल्वाङ पछिल्लो समय होमस्टेको लागि पनि चर्चित छ ।

पाहुनाहरु गाउँले जीवनशैलीसँग अन्तरघुलित हुँदै साना ढुंगाले छाएका घरहरुमा बस्न सक्नेछन् र बहुजाति, बहुभाषा र संस्कृतिसँग रमाउन पाउनेछन् । हरेक घरको आँगनबाट ठ्याक्कै पारिपट्टी माछापुच्छ्रे लगायतका हिमश्रृंखलाहरु मुस्कुराएर उभिएका छन् भने ल्वाङको छाना अर्गानिक चिया बगानले ढाकिएको छ । हेम्जा हुँदै खोराको मुख पुगेर केही समय हिँडेपछि ल्वाङ पुग्न सकिन्छ । अहिले ल्वाङ गाउँसम्म नै सडकको सञ्जाल पुगेको छ ।

टिपिकल स्थानीय नेपाली खाना स्थानीय जीवनशैलीसँग अभ्यस्त हुँदै बाँच्न पाइन्छ ल्वाङमा । प्रकृतिजस्तै सुन्दर छन् ल्वाङका स्थानीयहरु पनि । अतिथि देवो भवको मान्यताद्वारा प्रशिक्षित उनीहरु पर्यटकलाई परिवारकै सदस्यको रुपमा व्यवहार गर्दछन् । मनिकर कार्कीको फोटोकथा-


पर्यटकलाई गुरुङ भेषभुषामा स्वागत गर्दै मुस्कुराइरहेका स्थानीय महिलाहरु ।


पाहुनालाई पञ्चेबाजाको धुनसहित स्वागत गर्दै स्थानीय ।


ल्वाङबाट देखिने खोराको मुखभन्दा तल पोखरासम्मको भाग ।


हिमालयन् अर्गानिक चिया बगानबाट देखिने हिमश्रृंखला ।


चिया बगानबाट देखिने सूर्योदय ।


चिया बगानबाट देखिने हिमश्रृंखला ।


गाउँबाट नजिकै देखिने माछापुच्छ्रे हिमाल ।


माछापुच्छ्रे हिमाल ।


अचार बन्दै गरेको लप्सीहरु, जुन होम स्टेमा आउने पाहुनाले खान पाउँछन् ।


गाउँमा रहेका घरहरु, जसको आफ्नै शैली र संरचना छ ।


गाउँमा फुलिरहेको लालुपाते, जसले गाउँलाई अझै सुन्दर बनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL