scheduleसोमवार आषाढ़ ११ गते, २०७५

पैसा ठिक गर्दै गर्नुस्,३ कम्पनीको करोडौंको आईपीओ निष्कासन हुँदै

काठमाडौं, २३ पुस । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले साधारण सेयर (आइपीओ) बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । वित्तीय संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित २ लाख ९४ हजार कित्ता अर्थात २ करोड ९४ लाख रुपैंया बराबरको आइपीओ निष्कासन गर्ने अनुमति पाएको हो ।

आरम्भको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइसी एसिया क्यापिटलले गर्नेछ ।

त्यसैगरी कालिका पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न अनुमति पाएको छ । कालिकाले पुस २१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरको ६ लाख कित्ता अर्थात ६ करोड रुपैंया बराबरको आइपीओ बिक्री गर्न लागेको हो ।

उक्त आइपीओको निष्कासन तथा बिक्री प्रबन्धकको काम क्यापिटल मार्केट र ग्लोबल आइएमई क्यापिटलले गर्नेछन् । कम्पनीले पहिलो चरणमा जारी पुँजीको १० प्रतिशत सेयर स्थानीयलाई बिक्री गर्न लागेको हो । यसपछि कम्पनीले कर्मचारी र सर्वसाधारणका लागि सेयर बिक्री खुला गर्नेछ ।

यस्तै आशा लघुवित्त वित्तीय संस्थाले ३ लाख कित्ता आइपीओ निष्कासन गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित ३ करोड रुपैंया बराबरको आईपीओ निष्कासनको लागि माग गरेको हो ।

संस्थाको आइपीओमा निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटल लिमिटेडले गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob