scheduleमगलवार माघ २ गते, २०७४

डा. केसीको पक्षमा बोले भट्टराई, शीघ्र रिहाईको माग

फाइल फोटो

काठमाडौं, २४ पुस । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले पक्राउ परेका चिकित्सक डा. गोविन्द केसीको पक्षमा आवाज बुलन्द गरेका छन् ।

डा. भट्टराईले सामाजिक सञ्जालमार्फत केसीको शीघ्र रिहाईको माग समेत गरेका छन् । ‘मेडिकल शिक्षामा सुधार र स्वास्थ्य सेवामा सबै नेपालीको पहुँचको माग राखी संघर्षरत डा.गोविन्द केसी पक्राउ परेको खबरले दु:खी छु,’ भट्टराईले लेखेका छन्, ‘डा.केसीको शीघ्र रिहाइका लागि सम्बन्धित पक्षसँग आग्रह गर्दछु ।’

उनले नयाँ शक्ति र आफ्नो व्यक्तिगत तर्फबाट समेत केसीको अभियानमा ऐक्यवद्धता जनाएका छन् । उनले भनेका छन्, ‘चिकित्सा शिक्षा क्षेत्रको सुधारकालागि डा.केसीको अभियानमा सदाझैं मेरो र नयाँ शक्तिको ऐक्यबद्धता छ ।’
उनले एक ट्वीटमार्फत पनि केसीको पक्षमा बोल्न आह्वान गरेका छन् ।

यो पनि पढ्नुहोस्-
अनशन स्थलबाटै पक्राउ परे डा. गोविन्द केसी, कानुन खरिदबिक्री भएको केसीको आरोप
डा केसीलाई पक्राउ गरी अदालतमा पेश गर्न सर्वोच्चको आदेश

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL