scheduleसोमवार आषाढ़ ११ गते, २०७५

राष्ट्रपति ट्रम्पले नै राष्ट्रगान भूलेपछि …

एजेन्सी, २६ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अट्लान्टाको एउटा कलेजको फुटबल म्याचमा राष्ट्रगान गाएपछि उनीबारे दुईथरीका प्रतिक्रिया आउन शुरु भएको छ । उक्त म्याचमा उनको भरपूर स्वागतका साथै उत्तिकै आलोचना पनि भएको छ ।

कलेजको खेललाई औपचारिक रुपमा शुरु गर्नु अघि गाइएको राष्ट्रगानमा राष्ट्रपति ट्रम्पको गाउने शैलीप्रति सामाजिक सञ्जालमा तिखो प्रहार गरिएको छ । मानिसहरुले राष्ट्रपतिले राष्ट्रगानको शब्द भुलेको भन्दै उनको आलोचना गरेका थिए ।

उनले राष्ट्रगान गाउने समयमा कैद भएको भिडियोमा वास्तवमै सम्पूर्ण शब्दहरु नबोलेको देख्न सकिन्छ । भिडियोमा उनले गाउन बिस्तारै शुरु गरेको,  कहिले शब्द उच्चारण गर्दै त कहिले चुपचाप उभिएको देखिन्छ । उनले भिडियोमा राष्ट्रगानका शब्दहरुलाई ठाँउ-ठाँउमा छोडेको स्पष्ट देख्न सकिन्छ ।

भिडियोमा उनले ‘ब्राइट स्टार्स’ र ‘द लेण्ड अफ द ट्री एण्ड द होम अफ द ब्रेभ’ जस्ता पंक्तिहरु उत्साहका साथ गाएको देख्नसकिन्छ । उनले राष्ट्रगानको अन्तिममा मुस्कुराउँदै गाएपनि अन्य पंक्तिहरु भने पूर्णरुपमा गाएका छैनन् ।

तर अर्कोतर्फ ट्रम्पका समर्थकहरुले भने उनले राष्ट्रगानको समयमा आफ्नो छातिमा हाल राखेर उभिएको देख्दा गर्व महसुस हुने बताएका छन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob