scheduleमगलवार माघ २ गते, २०७४

जिउँदै खाएको चिजले आफैलाई खाएपछि …


एजेन्सी, २६ पुस । अमेरिकाको टेक्सास राज्यको एक महिलाले २४ वटा जिउँदो समुद्री घुघीं खाएपछि उसको दर्दनाक मृत्यु भएको थियो । जेनेट ली ब्लांक्स नाम गरेकी ति महिलाले लुजियानामा ति घुघींहरु खाएको ४८ घण्टामा उनको हालत प्रतिकूल भएको थियो ।

४८ घण्टापछि अवस्था नाजुक भएपछि चिकित्सकले उनको परीक्षण गरेका थिए । परीक्षणबाट उनलाई भाइब्रोसिस नामको प्राणघातक ब्याक्टेरियाले संक्रमण गरेको बताएका थिए । उक्त ब्याक्टेरियाले बिस्तारै मानिसको शरीरको मासु खान्छ । उनको शरीरमा उक्त ब्याक्टेरिया घुघींमार्फत् आएको थियो ।

संक्रमण भएको २१ दिन पछि जेनेटको ज्यान गएको थियो । यो घटना पछिल्लो वर्षमा घटेको भएपनि हालैमात्र सार्वजनिक भएको छ ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL