scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नमानसियाले बराबरीमा रोक्यो रियल मड्रिडलाई

एजेन्सी, २७ पुस । कोपा डेल रेको दोस्रो चरणको लिगमा रियल मड्रिडलाई नुमानसियाले २-२ गोलको बराबरीमा रोकेको छ ।

सम्रगमा रियलले नुमानसियलाई ५-२ गोलले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ ।

खेलमा अग्रता रियलले लुकास भारक्वेजको गोलमार्फत लिएको थियो । तर, नुमानसियाका लागि गुइललेर्मोले बराबरी गोल फर्काएका थिए । रियलले पुन लुकास भारक्वेजको गोल मार्फत अग्रता बनायो ।

तर, पुन गुइललेर्मोले बराबरी गोल फर्काए ।

यो सिजन फर्ममा नरहेको रियल स्पेनिस लिगमा समेत बार्सिलोनाभन्दा १६ अंकले पछि रहेको छ । दबाबमा रहेका प्रशिक्षकलाई यो जितले केही राहत भने दिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob