scheduleमगलवार माघ २ गते, २०७४

सबैलाई थाहा नहुनसक्छ हिटलरको जातिसंहारजस्तै क्रुर बंगालको मानवसंकटको इतिहास

एजेन्सी, २७ पुस । जर्मन तानाशाह एडोल्फ हिटलरको अत्याचारको समयमा भएको मानवसंकटको इतिहास पढ्दा आज पनि शरीर काँप्छ जसलाई संसारले सधैं याद गरिरहने छ । तर १९७४ अघिको बंगलादेशको मानवसंहारको इतिहास भने शायद हिटलरको जातिसंहारको इतिहास जतिको बलियो र संसारका लागि यादगार छैन होला । तर त्यस कालखण्डमा जुन भोकमरी र अकालको दृश्य देखा परेको थियो त्यो मानव इतिहासकै एउटा दर्दनाक मानव संकटकाल हो ।

त्यो दोस्रो विश्वयुद्धको समयमा थियो । खडेरीको कारणले अन्न उत्पादनमा कमि आएको थियो ।

उक्त संकटबारे लेखक मधुश्री मुखर्जीले उक्त अनिकालबाट बाँचेका केहीलाई सोधेर लेखेका छन् । मुखर्जीको किताबमा लेखिएअनुसार त्यससमय भोकमरी यतिसम्म थियो कि मानिसहरु भोककै कारणले आफ्ना बच्चाहरुलाई नदीमा फ्याँक्ने गर्दथे । अझ कति मानिसले ट्रेनको अगाडी कुदेर आत्महत्या गरेका थिए । पुस्तकमा बताइएअनुसार मानिसहरु घाँसपात खाएर बाँचिरहेका थिए । मानिसहरु जिउँदै कंकालको ढाँचामा परिणत भएका थिए । लासहरु सडकभरी लडिरहेका भेटिन्थे ।

त्यस भोकमरीबाट पिडित बंगालका करिब ३० लाख नागरिकहरुले ज्यान गुमाएका थिए ।

मानिसहरुमा सरकारको नीतिको विरुद्ध प्रदर्शन गर्ने ताकत पनि थिएन । यस अकालबाट तिनै मानिसहरु मात्र बाँच्न सफल भएका थिए जो रोजगारीका लागि कलकत्ता छिरेका थिए । साथै परिवार पाल्नका लागि वेश्यावृत्तिमा लागेका महिलाहरु पनि त्यस अकालबाट बाँचेका थिए ।

१९४३ जनावरीको भूमरीले बंगालको प्रकृतिमा प्रभाव पारेको थियो तर त्यसबाट अन्य उत्पादनमा भने खासै असर पुर्‍याएको थिएन । त्यसको केहि दशकपछि बंगालमा लागेको भोकमरीलाई प्राकृतिकभन्दा पनि मानवनिर्मित विनाश बताइन्छ । यस विषयमाथि लेखेका अष्ट्रेलियाली वैज्ञानिक गिडोन पोल्याले यसको पछाडी अंग्रेज सरकारको नीति जिम्मेवार भएको बताउँछन् । भोकमरीको साल बंगालमा अन्न उत्पादन राम्रो भएको थियो । तर अंग्रेज सरकारले फाइदाको लोभमा भारी मात्रामा अन्य निर्यात गर्न शुरु गर्‍यो । यसैको कारणले बंगालमा अन्नको अभाव भएको थियो ।

यसको लागि तत्कालिन बेलायती प्रधानमन्त्री विन्सटन चर्चिललाई जिम्मेवार ठह्राइएको छ । अनिकालबारे पूर्वसूचित हुँदा पनि बेलायतले अमेरिका र क्यानडाको आकस्मिक अन्न आपूर्तीको प्रस्तावलाई अस्वीकार गरेको थियो । साथै यस अनिकालका लागि बर्मा हालको म्यानमारमाथि जापानले गरेको अाक्रमणलाई पनि कारण मानिन्छ । उक्त आक्रमणका कारण बर्माबाट भारतमा हुने भारी अन्न आयात रोकिएको थियो ।

 

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL