scheduleसोमवार आषाढ़ ११ गते, २०७५

लोगन पौलसँग युट्युबद्वारा सम्बन्ध विच्छेद

एजेन्सी, २८ पुस । युट्युबले एकजना सेलिब्रेटि लोगन पौलसँग व्यापारिक सम्बन्ध विच्छेद गरेको छ । युट्युबका ति एकदमै चर्चित भ्लगरलाई जापानको एउटा जंगलमा आत्महत्या गरेका लाशहरुको स्पष्ट भिडियोलाई युट्युबमा पोष्ट गरेपछि उसले त्यस्तो कदम उठाएको हो ।

पौलको च्यानललाई उसले ‘गुगल प्रिफर्ड प्रोग्राम’बाट हटाएको छ ।

पौलले ३१ डिसेम्बरमा एउटा लाशको भिडियोलाई युट्युबमा राखेका थिए जसकारण उनले सर्वत्र आलोचना खेपेका थिए ।

जापानको ओकिगाहारा जंगलमा लिएको उक्त भिडियोको आलोचनापछि उनले आम माफी पनि मागेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob