scheduleमगलवार माघ २ गते, २०७४

एमालेले बनायो उम्मेदवारको मापदण्ड र सिफारिस विधि (निर्णयसहित)

फाइल फोटो

काठमाडौं, २८ पुस । नेकपा एमालेले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय सचिवालयको बैठकले उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको हो ।

यस्तो

नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रियसभा निर्वाचनका लागि तय गरेको उम्मेदवारको मापदण्ड र सिफारिसको विधि-
(क) मापदण्ड
१. संविधानको धारा ८७ बमोजिमको योग्यता पुगेका ।
२. पार्टीमा लामो योगदान गरेका ।
३. पार्टीसँग वैचारिक आवद्धता राख्दै समाजसेवा, संस्कृति, कला, साहित्य, विज्ञान, प्रविधि लगायत सामाजिक क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका ।
४. भौगोलिक र सामाजिक सन्तुलन
५. स्थानीय, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबनेका तथा समानुपातिक सूचीमा नाम समावेश नभएका ।
६. विभिन्न विषयका विज्ञ तथा विशेषज्ञहरु ।

(ख) सिफारिसका प्रक्रिया
प्रदेश संगठन कमिटीको सचिवालय बैठकबाट उपरोक्त मापदण्ड अनुसारको नाम सिफारिस गरी माघ ५ गतेभित्र पार्टी केन्द्रीय कार्यालयमा पठाइसक्नुपर्नेछ ।
(ग) राष्ट्रिय सभा निर्वाचनमा मतदान गर्ने निर्वाचक मण्डलका सदस्यहरुलाई एकल संक्रमणीय मत प्रणालीका सम्बन्धमा प्रशिक्षण दिने व्यवस्था सम्बन्धित प्रदेश संगठन कमिटीले गर्नुपर्नेछ ।

बैठकले केही दिनयता तराई-मधेसमा चलेको शीतलहरबाट ज्यान गुमाउने व्यक्तिहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै तत्काल न्यानो कपडा, दाउरा तथा आवश्यक राहत उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । बैठकपछि सचिव प्रदीप ज्ञवालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘त्यसरी नै विगत केही दिनयता फैलिएको भाइरल ज्वरोबाट जाजरकोटमा कैयौं व्यक्तिको ज्यान गएको र धेरै गम्भीर विरामी परेको स्थितिप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।’

एमाले बैठकले प्रभावित क्षेत्रमा तत्काल स्वास्थ्य टोली पठाउन तथा पर्याप्त औषधिको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ । शीतलहर तथा भाइरल ज्वरोबाट प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट राहत उपलब्ध गराउन सम्बन्धित तहका पार्टी कमिटीहरुलाई तत्काल परिचालित हुन पनि निर्देशित गरिएको सचिव ज्ञवालीले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL