scheduleसोमवार आषाढ़ ११ गते, २०७५

घुस लिएको अभियोगमा गौतम पक्राउ


काठमाडौँ, २८ पुस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभाग, श्रम कार्यालय ताहाचलका नासु नगेन्द्रप्रसाद गौतमलाई घुससहित पक्राउ गरेको छ ।

श्रम कार्यालय, कतार शाखाका गौतमलाई सेवाग्राहीबाट घुसबापतको दुई लाख ३४ हजार लिइसकेको अवस्थामा गंगबुस्थित वीरेन्द्र–ऐश्वर्य मार्गमा रहेको लुम्बिनी फास्ट फुड रेष्टुराँबाट आयोगको टोलीले नियन्त्रणमा लिएको हो ।

श्रम स्वीकृति गराइदिने र विमानस्थलमा मिलाएर पठाइदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा उनलाई आयोगबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob