scheduleमगलवार माघ २ गते, २०७४

माइती हिँडेकी बेपत्ता तामाङ तीन दिनपछि मृत फेला

सांकेतिक तस्बिर

खोटाङ, २८ पुस । माइती घर हिँडेकी ऐसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलका ५२ वर्षीया निम्दु तामाङ मृत फेला परेकी छन् ।

ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क ओढारेस्थित माइती घर जानेक्रममा बुधबारदेखि बेपत्ता भएकी तामाङ तीन दिनपछि शुक्रबार मृत फेला परेकी हुन् ।

तामाङको शव स्थानीय लिदिङ खोलाको पानीमै ढुंगाको आडमा अल्झेको अवस्थामा वडा नं १ राखाबाङ्देलका वडाध्यक्ष झनकुमार राईले बताए । महिलाको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइएको छ ।
रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL