scheduleसोमवार जेष्ठ ७ गते, २०७५

११ बैंकको भिसा कार्डमार्फत भुक्तानी गर्दा १०% सम्म नगद फिर्ता

काठमाडौं, ३० पुस । ग्राहकहरुले भिसासँग आवद्ध बैंकहरुको भिसा कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म क्यास व्याक पाउने भएका छन् । कार्ड लोयल्टी प्रोग्रामको रुपमा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड तथा बैंकका भिसा कार्ड संजालसँग आबद्ध रहेका बैंकहरुले संयुक्त रुपमा अन्तर्राष्ट्रिय कार्ड प्रदायक कम्पनी भिसासँग सहकार्य गरी आफ्नो भिसा कार्डका ग्राहकहरुले हरेक सामान/सुविधा खरिद गर्दा भिसा डेविट वा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा आफ्नो खातामा क्यास (नगद) फिर्ता हुने योजना ल्याएका हुन् ।

कुनै पनि बस्तु तथा सेवाको उपभोग वा खरिदको बदलामा नगदको सट्टामा कार्ड मार्फत भुक्तानी गर्न प्रोत्साहित गर्ने उद्येश्यले बैंकहरुको पहलमा नेपालमा यस प्रकारको योजना थालिएको हो । नेपाली समाजमा नगद बिना नै कारोबार गर्न सकिने र ग्राहकहरुमा भिसा डेबिट/क्रेडिट कार्डको प्रयोगलाई प्रोत्साहन दिने र कार्ड प्रयोग गरी भुक्तानी गर्दा ग्राहकको खातामा सिधै नगद फिर्ता हुने विशेष प्रकारको योजना सार्बजनिक गरिएको छ ।

यस योजनामा सहभागी हुन ग्राहकहरुले न्यूनतम रु. ५०० को कारोवार गर्नुपर्ने छ ।


योजनाबाट सेन्चुरी बैंक,  ग्लोबल आइएमई बैंक,  कुमारी बैंक,  महालक्ष्मी विकास बैंक,  मेगा बैंक नेपाल,  मुक्तिनाथ विकास बैंक,  एनसिसि बैंक,  नेपाल इन्भेष्टमेण्ट बैंक,  राष्ट्रिय वाणिज्य बैंक,  सानिमा बैंक र टुरिजम डेभलपमेन्ट बैंकका भिसा कार्ड प्रयोगकर्ताहरु लाभान्वित हुनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC