scheduleशनिवार जेष्ठ १२ गते, २०७५

जलविद्युत् र पर्यटन आर्थिक विकासका मेरुदण्डः उपाध्यक्ष ढकाल


म्याग्दी, १ माघ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले जलबिद्युत् र पर्यटन मुलुकको आर्थिक विकासका मेरुदण्ड भएको बताएका छन् । म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा बेनीमा आयोजित छैठौं म्याग्दी महोत्सव तथा सक्रान्ति मेलालाई सम्बोधन गर्दै जलबिद्युत् र पर्यटन क्षेत्रले मुलुकको दिगाे विकासमा टेवा पुर्‍याउने बताए ।

उनले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघले एक जिल्ला एक उत्पादन (ओडीओपी) कार्यक्रम संचालन गरेको उल्लेख गर्दै म्याग्दीमा कृषि उत्पादनका अतिरिक्त खनिज पदार्थको उत्खनन र प्रशोधनको उत्तिकै सम्भावना रहेको उल्लेख गरे ।

मुलुकको आर्थिक विकासका लागि झन्झटिला कानुनमा समयानुकुल संसोधन आवश्यक रहेकोमा उनले जोड दिए । रेमिटेन्स भित्र्याउने जिल्लाको रुपमा म्याग्दी अग्रणी रहेको बताउँदै यसरी भित्रिने रेमिटेन्सलाई सामुहिक लगानीमा आकर्षित गरी म्याग्दीको आर्थिक विकासमा लगाउन उनले सबैसंग आग्रह गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC