scheduleसोमवार जेष्ठ ७ गते, २०७५

अब मोबाइल खरिदमा ४५ प्रतिशतसम्म छुट

काठमाडौं,२ माघ । काठमाडौंको मुख्य केन्द्र पाको, न्यूरोडमा अवस्थित ताम्राकार मोबाइल कम्प्लेक्समा रहेको नेपालकै सबैभन्दा पुरानो र चर्चित मोबाइल एक्सचेन्ज हाउस केटिएम मोबाइलले मोबाइल खरिदमा न्यूनतम ५ प्रतिशतदेखि ४५ प्रतिशतसम्मको छुट दिने भएको छ । सोमबारदेखि संचालनमा आएको एक्सचेन्ज हाउसले शोरुमको ग्राण्ड ओपनिङ्गको अवसर पारेर उक्त छुट उपलब्ध गराएको हो ।

शोरुमको मोबाइल फोन इम्पोटर एशोसिएसन नेपालका अध्यक्ष तथा आईएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्राले उद्घाटन गरे । शोरुम उद्घाटन गर्दै मल्होत्राले नेपाली मोबाइल बजारमा अस्वस्थ्य प्रतिस्पर्धा हुँदै गएको भन्दै आगामी दिनमा मोबाइल अपरेटिङ्ग प्राइस(एमपीओएस) लागू गर्ने तयारीमा रहेको जानकारी दिए ।

विगत ६ वर्षदेखि केटिएम ब्राण्डमा संचालित यस मोबाइल शोरुममा नेपालका लोकप्रिय र चर्चित ब्राण्डका जुनकुनै मोडलका फोनहरु उपलब्ध रहेको सो अवसरमा जानकारी दिईयो । केटिएम मोबाइल शोरुममा कुनैपनि मोबाइल खरिद गर्दा कम्पनीले प्रदान गर्ने वारेन्टि र सुविधाहरु सिधै उपलब्ध गराईएको र ग्राहकहरुलाई कुनैपनि मोबाइल खरिदमा हात खाली नजाने गरी उपहारहरु प्रदान गरिने शोरुमले छ ।

शोरुममा मोबाइलसँग सम्बन्धित हरेक प्रकारका एसेसरिज उपलब्ध छन भने विभिन्न ब्राण्डका रु१,००० देखि रु १,४०,००० सम्मका मोबाइल फोनहरु उपलब्ध छन् ।

साथै केटिएम मोबाइलमा कुनैपनि किसिमका पुराना मोबाइलहरुको अन्तर्राष्ट्रिय स्तरका भ्यालूएटरहरुले उचित मुल्यांकन गरि नयाँ मोबाइल खरिद गर्नको लागि सुविधा उपलब्ध गराउने पनि बताईउको छ । शोरुमले उद्घाटको अवसर पारेर माघ १५ गतेसम्मका लागि ग्राण्ड मोबाइल एक्सचेन्ज मेला समेत शुरु गरेको छ ।

कुनैपनि ब्राण्डका मोबाइलहरु मर्मत गरिने बताईएको शोरुममा १० प्रतिशतसम्म छुट उपलब्ध गराईएको कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC