scheduleशनिवार जेष्ठ १२ गते, २०७५

जापानी ‘मेच्या बिरालो’ नेपालमा

काठमाडौं, ७ माघ । जापानी बालबालिकामाझ प्रिय रहेको ‘मेच्या बिरालो’ सचित्र बालकथा श्रृंखला नेपाली बालबालिकामाझ पनि आइपुगेको छ । शनिबार सो कथा श्रृंखलाअन्तर्गत ‘वनभोज’ नामक सचित्र बालपुस्तक विमोचन भएको छ ।

जापानी बालकथाकार तथा चित्रकार मिल सिकाईको सो सचित्र बालपुस्तकलाई कृष्ण कुम्पुरेले नेपालीमा अनुवाद गरेका हुन् । नेपाली कभर तथा फन्ट डिजाइन आनन्द महर्जनको रहेको सो पुस्तक थिएटर सेन्टर फर चिल्ड्रेन (टिसीसी नेपाल), आसितेज नेपाल र थिएटर मलको संयोजनमा नेपाल जापान बाल पुस्तकालयमा औपचारिक रुपमा विमोचन गरी ‘मेच्या बिरालो’को कथा पुस्तक नेपाल ल्याइएको हो ।

नेपाली बालसाहित्यका पिताका वरिष्ठ बालसाहित्यकार शान्तदास मानन्धर, वरिष्ठ चित्रकार के.के. कर्माचार्य, बालसाहित्यकार शास्वत पराजुली, अनुवादक कृष्ण कुम्पुरे र आसितेज नेपालका अध्यक्ष दिपर्शनजंग राणाले संयुक्त रुपमा पुस्तक विमाचन गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC