scheduleसोमवार जेष्ठ ७ गते, २०७५

राष्ट्रिय सभा निर्वाचनः ४८ स्थानकाे मतपरिणाम सार्वजनिक, कुन पार्टीले कति स्थानमा विजयी हासिल गरे ?

काठमाडौं, २४ माघ । बुधवार सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । हालसम्म प्रदेश नं ६ बाहेक अन्य चार प्रदेशहरुबाट मतपरिणाम आइसकेको निर्वाचन आयोगले जनाएको छ । प्रदेश नं. २ का सबै सदस्यहरू यसअघि नै निर्विरोध निर्वाचित भइसकेकाले त्यहाँ मतदान नै गरिएन ।

सार्वजनिक मतपरिणाम अनुसार प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा जस्तै राष्ट्रियसभामा पनि वामगठबन्धन नै अग्रस्थानमा रहेको छ ।

पछिल्लो मतपरिणाम अनुसार प्रदेश नं. १ मा नेकपा एमालेले पाँच स्थान जितेको छ भने नेपाली कांग्रेसले दुई र माओवादी केन्द्रले एक स्थान जितेका छन् ।

प्रदेश नं. ३ मा नेकपा एमालेका पाँच तथा नेपाली कांग्रेसका दुई र माओवादी केन्द्रका एक उम्मेदवारले जितेको बताइएको छ।

प्रदेश नं ४ मा नेकपा एमाले र नेपाली कांग्रेसले तीनरतीन स्थान र माओवादी केन्द्र दुई स्थान जितेका छन् ।

प्रदेश नं. ५ मा नेकपा एमालेका चार तथा माओवादी केन्द्र र नेपाली कांग्रेसका दुई/दुई उम्मेदवार विजयी भएका छन् ।

प्रदेश नं. ७ मा नेकपा एमालेले चार र माओवादी केन्द्र र नेपाली कांग्रेसले दुई‍÷दुई स्थान जितेका छन् ।

प्रदेश नं. ६ मा मतगणना जारी रहेको छ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार प्रदेश नम्बर ६ को मतगणना भइरहेकोले अब १२ बजेभित्रमा मतपरिणाम आइसक्ने बताएका छन् ।

प्रदेश नं. २ मा आठवटै सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । त्यहाँ नेपाली कांग्रेस, संघीय लोकतान्त्रिक फोरम र राष्ट्रिय जनता पार्टीले दुई÷दुई स्थानमा विजयी भएका छन् भने माओवादी केन्द्र र नेकपा एमालेबाट एक÷एक सदस्य चुनिएका छन्।

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ जनाका दरले निर्वाचित हुने ५६ सदस्यका लागि आज बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान भएको थियो ।

आज भएको मतदानमा १६७७ सय मतदातामध्ये आठ जना अनुपस्थित भएको आयोगले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC