scheduleशनिवार जेष्ठ १२ गते, २०७५

राष्ट्रियसभा सदस्यका लागि राष्ट्रपति समक्ष सरकारले पठायो तीन जनाको नाम

 

फाइल फोटो

काठमाडौं, २७ माघ । राष्ट्रिय सभा सदस्य नियुक्तिका लागि सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन जनाको नाम सिफारिस गरेको छ ।

दलहरुबीच सवैधानिक व्यवस्था अनुसार सरकारले राष्ट्रियसभामा नियुक्त गर्ने तीन जना वर्तमान अथवा नयाँ सरकारले नियुक्त गर्ने भन्ने विषयमा विवाद थियो । तर संसदका सबैभन्दा ठूलो दल एमाले र माओवादीलाई वेवास्ता गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले एकलौटी रुपमा आफू निकटका व्यक्तिहरुलाई नियुक्तीका लागि राष्ट्रपति सक्षम नाम सिफारिस गरेका हुन ।

सरकारले सिफारिस गरेका नाममा गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको रहेका छन् ।

बस्नेत कांग्रेसको झापा जिल्ला पूर्व सभापति हुन्् भने पौडेल कांग्रेसकै पार्टी केन्द्रीय कार्यालय सदस्य हुन् ।

सवैधानिक व्यवस्था अनुसार राष्ट्रियसभामा ५९ जना सांसद रहनेछन् ।

जसमध्ये ५६ जना प्रत्येक प्रदेशबाट ८–८ जनाका दरले चुनिएर आउनेछन् भने ३ जना सरकारकोे सिफारिसमा राष्ट्रपतिद्वारा मनोनित हुने व्यवस्था छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC