scheduleसोमवार जेष्ठ ७ गते, २०७५

सारा सिरपालीको फेसबुक प्रेम भिडियोमा नै देखियो (भिडियोसहित)


काठमाडौं, २९ माघ । नवनारी मिडिया एण्ड रिसर्च प्रालिको प्रस्तुतीमा गीतकार लतिका श्रेष्ठको शब्द अनि गायक तथा संगीतकार बिनोद पछाईको संगीत र अहिलेकी चर्चित गायिका दिपा लामा र बिनोद पछाईको स्वर रहेको ‘तिमी कहाँ म छु कहाँ’ को भिडियो सार्वजनिक भएको छ । नवनारीले युट्युव च्यानलमार्फत दर्शक स्रोतामाझ उक्त भिडियो सार्वजनिक गरेको हो ।

फेसबुकको प्रेममा आधारित यो गीतमा सारा सिरपाली र अनिस विक्रम शाहको अभिनय रहेको छ । निर्देशक अर्जुन अधिकारीले यो भिडियोको निर्माण गरेका हुन् । भिडियोमा अधिकारीले फेसबुकले जोडेको सम्बन्धलाई कलात्मक ढंगले प्रस्तुत गरेका छन् । गीतमा उत्सव ढकालको सिनेमाग्राफि रहेको छ भने निशान अधिकारीले भिडियो सम्पादन गरेका हुन् । यो भिडियोमा अनिश विक्रम शाहले अभिनयमा डेब्यु गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC