scheduleबिहिवार फाल्गुन १० गते, २०७४

प्रदर्शनअघि नै ‘कान्छी’काे लगानी सुरक्षित

माघ २९ । यही फागुन ४ गतेलाई प्रर्दशनको मिती तोकिएको श्वेता खड्काले निर्माण गरेको ‘कान्छी’ले आफ्नो लगानी सुरक्षित गरेको छ । प्रदर्शनमा आउन अझै एक साता बाँकी रहँदा चलचित्र ‘कान्छी’ ले ब्राण्ड पार्टनर र डिजिटल राइट्स बेचेर नै लगानी उठाएको हो ।

प्रोडक्सन तथा पब्लिसिटी खर्च गरेर जम्मा २ करोड रुपैयाँ लागतमा बनेको कान्छीले हालसम्म २ करोड २ लाख रुपैयाँ जम्मा गरिसकेको निर्माण टिमले जनाएको छ । फिल्मले ब्राण्ड पार्टनरहरूबाट ८० लाख रुपैयाँ लिएको छ भने डिजिटल र ओभरसिज राइट्सबाट १ करोड २२ लाख रुपैयाँ हातपारेको छ।

आकाश अधिकारीले निर्देशन गरेको ‘कान्छी’ मार्फत नायिका तथा निर्मात्री श्वेता लामो समयपछि पुनः चलचित्रमा फर्किएकी हुन् । यस चलचित्रमा दयाहाङ राई, श्वेता खड्का, प्रज्वल सुजल गिरी, कामेश्वर चौरसिया, शान्त शर्मा, अनु शाह, भूमिका श्रेष्ठ, विशाल भण्डारी, नीर शाहलगायतको मुख्य भूमिका रहेको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL