scheduleशनिवार जेष्ठ १२ गते, २०७५

केन्याविरुद्ध नेपालको रोमाञ्चक जित


काठमाडौं, २९ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ मा केन्याविरुद्ध नेपालले रोमाञ्चक जित निकालेको छ ।

नेपालको जितका लागि रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट साझेदारीमा नेपालले डिभिजन टूमा केन्यामाथि ३ विकेटको महत्वपूर्ण जित हात पारेको हो । यो जितसँगै नेपालले विश्वकप छनोट खेल्ने सम्भावना जिवितै राखेको छ ।

आरिफ ४२ रन बनाएर आउट भए भने रोहित पौडेल ४७ रन बनाएर आएट भए । अन्तिम बल बाँकी छँदै सोमपाल कामीले २ रन बनाएपछि खेल नेपालले ३ विकेटले जितेको हो ।

यसअघि नामिबियाको एन्डरर्स मैदानमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङ गरेको केन्याले ५० ‌ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो । १७८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले खराब सुरूवात गर्दै धमाधम आफ्ना महत्वपूर्ण विकेट गुमाएको थियो । खेलमा खेलमा डेब्यु गरेका अनिलकुमार साह दोस्रो ओभरमा शून्य रनमा आउट भए । उनले तीन खेलपछि पहिलोपटक मौका पाएका थिए । उनले आज विकेटकिपर दिलीप नाथको स्थानमा खेलाइएको थियो ।

१४ बल खेलेका ओपनर ज्ञानेन्द्र मल्लले १ चौकासहित ९ रनमा आउट भए भने दीपेन्द्रसिंह ऐरीले पनि १ रनमा आउट भए । केन्याका इम्यानुएल बुन्डीले नेपालका यी तीनैवटा विकेट लिन सफल भएका थिए । तर अन्तिममा विस्तारै रन लिएका नेपाली खेलाडीहरूले रोमाञ्चक जित चुमेर छाडे । अब अन्तिम खेलमा क्यानडालाई जितेमा नेपालले समूह विजेता हुँदै विश्वकप छनोट खेल्न पाउनेछ ।

केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए ।

बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ५ विकेट लिएर उत्कृष्ट प्रदर्शन गरे । उनको लिस्ट ‘ए’ करिअरमा अहिलेसम्मकै उत्कृष्ट बलिङ गरे । १० औभर बलिङ गरेका उनले २० रन खर्चिँदै ५ मेडन राखे । यसैगरी सोमपाल कामी, बसन्त रेग्मी र शरद भेषावकरले १–१ विकेट हात पारे ।

डिभिजन–२ को शीर्ष २ भित्र पर्ने टिमले एकदिवसीय विश्वकप छनोट प्रतियोगिता र इन्टरकन्टिनेन्टल कप खेल्ने अवसर पाउनेछन् । एकदिवसीय टिम मान्यताको समेत ढोका खुल्ने भएकाले डिभिजन–२ लाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC