scheduleसोमवार जेष्ठ ७ गते, २०७५

जब इशाले यस्तो कदम उठाइन्

एजेन्सी, १ फाल्गुन। बलिउडका अभिनेत्रीहरुले फरक देखिनको लागि आफ्ना शरीरका विभिन्न अंगको प्लाष्टिक सर्जरी गराएका छन् । ती मध्ये धेरैले आफ्नो सुन्दरता समेत गुमाएका छन् ।

यसै क्रममा बलिउड अभिनेत्री ईशा गुप्ताले आफूलाई हलिउड अभिनेत्री एन्जेलिना जोलीजस्तो देखिन आफ्नो ओठको प्लाष्टिक सर्जरी गरेपछि उनी सामाजिक सञ्जालमा निकै छाएकी छिन् ।

हुन त उनी सधैँ चर्चामै रहने गर्छिन् । कहिले बाल्ड फोटोशुट त कहिले उनले लगाएका कपडाका कारण । तर उनले भर्खरै सामाजिक सञ्जालमा पोष्ट गरेको एक तस्बिरलाई लिएर उनलाई निकै कमेन्ट गरिएको छ ।

फोटोमा उनको ओठ पहिले भन्दा निकै ठूलो र भद्दा देखिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC