scheduleबिहिवार फाल्गुन १० गते, २०७४

चितवन पुगेर प्रचण्डले भने- म एकपटक पुनः प्रधानमन्त्री भएर आउँछु

ओलीभन्दा अगाडि नै प्रधानमन्त्री बन्न सक्ने संकेत

चितवन, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू पुनः एकपटक प्रधानमन्त्री भएर चितवन आउने बताएका छन् ।

मंगलबार पेरिसडाँडास्थित पार्टी मुख्यालयमा जनयुद्ध दिवस मनाएर एक विद्यालयको कार्यक्रमलाई सम्बोधन गर्न चितवन पुगेका प्रचण्डले ढिलो वा छिटो आफू प्रधानमन्त्री हुने बताएका हुन् । ‘म पुनः एकपटक प्रधानमन्त्री भएर चितवन आउँछु,’ उनले भने, ‘कुराकानी भइरहेको छ, प्रधानमन्त्री तत्काल भए पनि अलि ढिलो भए पनि एकपटक प्रधानमन्त्री भएरै आउँछु ।’

यो पनि पढ्नुहोस्-

स्थायी समितिमा डरलाग्दो हिसाब-किताबपछि यसकारण गल्यो एमाले

नेपाली कांग्रेस चितवनका केही नेताहरुले प्रचण्डलाई प्रधानमन्त्री बनेर चितवन आउन शुभकामना दिएका थिए । ‘केही कांग्रेसका साथीहरुले मलाई प्रधानमन्त्री बनेर आउन भन्नुभयो, कुरा टुंगिएको त छैन । तर, म ढिलो चाँडो प्रधानमन्त्री भएर आउँछु ।’

सोमबार एमाले अध्यक्ष केपी ओलीसँग भएको वार्तामा एकीकृत पार्टीको अध्यक्ष र प्रधानमन्त्री दुवै दुई नेताले आलोपालोमा चलाउने सहमति सार्वजनिक भएकै दिन प्रचण्डले यस्तो दावी गरेका हुन् । उनले मन्तव्यको क्रममा ओलीभन्दा अगाडि नै आफू प्रधानमन्त्री हुनसक्ने संकेत पनि गरे ।

एक फरक प्रसंगमा उनले विकसित राष्ट्रमा जन्मिएको भए गिरिजाप्रसाद कोइराला र आफूले नोबेल पुरस्कार पाउनुपर्ने धारणा राखे । ‘विकसित देशमा भएको भए गिरिजाप्रसाद र मैले नोबेल पुरस्कार पाउँथ्यौं,’ उनले भने, ‘तर हामी गरिब देशको भएर त्यति महत्व दिइएन ।’

उनले पछिल्लो समय अहिले नेपालको शान्ति प्रक्रियालाई ‘नमूना र विश्वका लागि एउटा अनुपम उदाहरण’ भनेर अध्ययन सुरु भएको जानकारी दिए ।

हेर्नुहोस् भिडियो-

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL