scheduleबिहिवार फाल्गुन १० गते, २०७४

के एल मोबाइल हबमा एउटा मोबाइल किन्दा अर्को एउटा सित्तैंमा

काठमाडौं, १ फागुन । केएल मोबाइल हबले एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैमा दिने अफर सहित मोबाइल मेला सुरु गरेको छ । भ्यालेन्टाइन डेको अवसर पारेर एउटा मोबाइलको खरिदमा जोडीलाई नै मोबाइल दिने उद्धेश्यले अफर ल्याइएको हो । मेलाको सुरुवात गर्दै मोबाइल हबले दशैं तिहारमा सञ्चालन भएको उपहार कार्यक्रमका विजेताहरुको गोलाप्रथा खोलेको छ ।

चाबहिल चुच्चेपाटी स्थित के एल टावरको भुँई तल्लामा रहेको मोबाइल हबले हरेक मोबाइलको खरिदमा हात खाली नजाने एक्सक्लुसिभ अफर सहित (अफर भित्र पनि अफर) नामको मोबाइल मेला आयोजना गरेको हो । फेब्रुअरी १३ देखि १५ दिनसम्म चल्ने मोबाइल मेलामा मोबाइल खरिद गर्नेले एउटा मोबाइल किन्दा सित्तैंमा अर्को एउटा मोबाइल पाउने छन् । यसका साथै हात खाली नजाने उपहारहरु पनि ग्राहकलाई मोबाइल हबले बितरण गर्नेछ ।

मेलामा मोबाइल खरिद गर्दा मोबाइल हबले अनिवार्य रुपमा एफक्युब सिनेमाको टिकट, क्लब डेजाबुमा ४ हजार रुपैयाँ बराबरको २ जनालाई प्रवेश कुपन प्रदान गर्ने जनाएको छ ।

साथै मोबाइल हवले मेला अवधिभरी विभिन्न किसिमका खेल तथा अफरहरु पनि सञ्चालन गरिरहेको छ । जसमा गल्फ र डार्ट बोर्ड गेम जित्नेहरुले विभिन्न किसिमका उपहार तथा छुट पाउने छन् । गल्फको बल एक पटक स्कोर गर्नेलाई एउटा टेम्पर ग्लास र २ वटा सिनेमा टिकट, २ स्कोर गर्नेलाई मोबाइल खरिदमा ५० प्रतिशत छुट तथा ३ स्कोर गर्नेलाई एउटा मोबाइलको खरिदमा अर्को मोबाइल सित्तैंमा प्रदान गरिने मोबाइल हबका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले जानकारी दिए । साथै डार्ट बोर्ड खेलमा पनि गल्फमा जस्तै तीन किसिमका उपहारको व्यवस्था गरिएको छ ।

मोबाइल मेला फेब्रुअरी २८ सम्म चल्ने छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL