scheduleबिहिवार फाल्गुन १० गते, २०७४

ग्रामिण पर्यटन प्रवर्द्धन गर्न कुन्छाल पुग्दै पर्यटन व्यवसायीहरु


काठमाडौं, १ फागुन । ग्रामिण पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) ग्रामिण पर्यटन प्रवर्द्धनको लागि पर्यटन व्यवसायी र पत्रकारहरुको टोलीको नेतृत्व गर्दै कुन्छाल गाउँ पुग्ने भएको छ ।

पर्यटन बोर्डसँगको सहकार्यमा ग्रामिण पर्यटन प्रवर्द्धनको लागि क्रियाशील भिटोफ फागुनको ५ र ६ गते मकवानपुरको थाहा नगरपालिकामा पर्ने कुन्छाल गाउँमा पुग्ने भएको हो । अवलोकन भ्रमणको लागि कुन्छाल पुग्न लागेको टोलीमा पर्यटन बोर्डका प्रतिनिधि, पर्यटकीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु, पर्यटन व्यवसायी र पत्रकारहरु रहने भिटोफका अध्यक्ष कमल सापकोटाले जानकारी दिए ।

एक रात दुई दिनको अवलोकन भ्रमणले पर्यटक, पर्यटन व्यवसायी र गाउँलाई जोड्ने पुलको रुपमा काम गर्ने सापकोटाले बताए । अवलोकन भ्रमणको संयोजन भिटोफकी सचिव जस्था पाण्डेले गर्नेछिन् ।

अन्तर्राष्ट्रिय पर्यटन दिवसको दिन भिटोफ नेपालले पर्यटन बोर्डसँगको सहकार्यमा देशभरीको तीन गाउँलाई नमूना गाउँको रुपमा छनौट गर्दै पर्यटन प्रवर्द्धन गर्ने निर्णय गरेको थियो । सोही तीन गाउँमध्ये एक कुन्छाल गाउँमा अहिले होम स्टे सञ्चालनका लागि धमाधम पूर्वाधारहरु बनिरहेको अध्यक्ष सापकोटाले जानकारी दिए । गोपाली समुदायको बसोबास रहेको कुन्छाल गाउँ थाहा अभियानसँग पनि जोडिएको छ ।

प्राकृतिक दृश्यावलोकन, कृषि पर्यटन, स्थानीय खाना र संस्कृतिका लागि उपयुक्त रहेको कुन्छाल गाउँ काठमाडौंबाट तीन घन्टा ड्राइभमा पुग्न सकिन्छ । गोपाली समुदायले तानबाट कपडा बुन्ने प्राचीन परम्परालाई जीवितै राखिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL