scheduleशनिवार जेष्ठ १२ गते, २०७५

अष्टमान टोलवासीको शिवरात्री, भजनमा मख्ख वृद्ध–वृद्धा

काठमाडौं, १ फागुन । तारकेश्वर नगरपालिका १४ जरंकुमा पर्ने अष्टमान टोलमा भव्य भजनको आयोजना गरियो । टोलवासीले शिवरात्रीको अवसरमा विहान पूजाआजा, प्रसाद ग्रहण गरे भने त्यहाँका वृद्ध–वृद्धाहरुले भजनमा सहभागी भएर मनोरञ्जन लिएका छन् ।

स्वर्गीय अष्टमानका पाँच भाईछोराहरु मिलेर बाबुकै नाममा अष्टमान टोलसुधार समाजको स्थापना गरेका थिए । कान्छा भाई राजकुमारको अध्यक्षतामा उनीहरुले बाबुको नाममा केही जग्गा छुट्टाई त्यहाँ पाटी र शिवमन्दिरको स्थापना गरेको समितिका सल्लाहकार राम महर्जनले बताए । सोही मन्दिर परिषरमा समाजको तर्फबाट भव्य भजनको अयोजना गरियो भने स्थानीयहरुलाई प्रसाद समेत वितरण गरिएको छ । साँझ भएपछि ध्वनी वालेर शिवरात्री विदाई गरिने पनि सल्लाहकार महर्जनले बताएका छन् ।

मन्दिर परिषरमा भजन टोलीले भजन भनिरहँदा बालक–युवा– वृद्ध–वृद्धासमेतको भीड रह्यो । भजन मण्डलीलाई समाजले बाजाहरु किनिदिएर सहयोग गरेको छ । संस्कृतिको जगेर्ना गर्नका लागि समाजले भजन टोलीलाई सहयोग गरेको सल्लाहकार महर्जनले बताएका छन् । वृद्ध–वृद्धा भइसकेकाहरुले धर्म पनि कमाउने र समय विताउन सजिलो यो एउटा माध्यम रहेको सल्लाहकार महर्जनले बताए । भजन टोलीले हरेक साँझ ४ बजेदेखि एक घण्टा भजन भन्ने गर्छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC