scheduleशनिवार जेष्ठ १२ गते, २०७५

माओवादीबीच एकताका लागि छलफल जारी: वैद्य

काठमाडौं, १ फागुन । नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले क्रान्तिकारी कम्युनिष्ट बीचको एकता आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन् ।

क्रान्तिकारी माओवादी र नेपाल कम्युनिष्ट पार्टीले २३ औँ जनयुद्ध दिवसका अवसरमा संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव वैद्यले एकताका लागि विभिन्न पार्टीसँग छलफल चलिरहेको र त्यो सकारात्मक दिशामा अघि बढिरहेको जानकारी दिएका छन् ।

वैद्यले भने, ‘विप्लवजी, मोहनविक्रम सिंहजी र ऋषि कट्टेलजीसँग पार्टी एकतासँगै संयुक्त रुपमा आन्दोलनका कार्यक्रम लैजाने बारेमा छलफल चलिरहेको छ ।’

वैद्यले नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग पार्टीलाई विलय गराउन लागेको आरोप लगाउँदै त्यहाँ रहेका सच्चा क्रान्तिकारीहरुले विद्रोह गर्ने बेला आएको बताए ।
वैद्यले संसद्वादविरुद्ध लडेको पार्टीले संसद्वादको पक्षमा रहेको एमालेसँग एकता गरिरहँदा त्यहाँ रहेका इमान्दार नेता, कार्यकर्ताले सोच्ने बेला आएको समेत टिप्पणी गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC