scheduleबिहिवार फाल्गुन १० गते, २०७४

प्रदेश नम्बर ५ को सभामुखमा घर्ती निर्विरोध

बुटवल, १ फागुन । प्रदेश नं ५ को सभामुखमा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्ती निर्विरोध चयन भएका छन् । उक्त क्षेत्रमा घर्तीका अलावा कसैको पनि उम्मेदवारी नपरेपछि उनी निर्विरोध चयत भएका हुन् । उनी निर्वाचित भएको घोषणा भने भोलि बस्ने प्रदेशसभाले गर्नेछ ।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको बहुमत रहेको प्रदेश नम्बर ५ मा एमालेले मुख्यमन्त्री र माओवादी केन्द्रले सभामुख पाउने सहमति भएको थियो । सोही अनुसार पूर्वी रुकुम प्रदेशसभा (ख) बाट निर्वाचित घर्ती सभामुखमा निर्विरोध चयन भएका हुन् ।

८७ प्रदेशसभा सदस्य रहेकोमा गठबन्धनसँग ६१ सांसद छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL