scheduleशनिवार जेष्ठ १२ गते, २०७५

सहकार्य गर्न भारत तयार

काठमाडौं, १ फागुन । चुनावी परिणामले वाम गठबन्धनको सरकार निश्चित भएसँगै भारतीले नेपालसँग सहकार्य गर्नका लागि तयार रहेको बुझिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले भावी प्रधानमन्त्रीका रूपमा चर्चामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई पटक टेलिफोन वार्ता गरी सहकार्य गर्न भारत उत्साही रहेको बताएकाे छ ।

यसैबीच अध्यक्ष ओली र भारतीय राजदूत मन्जिभसिंह पुरीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा भएको सो भेटमा ओलीले वाम गठबन्धनले केही दिनमै सरकार गठन गर्ने र त्यससँगै पार्टी एकता पनि अघि बढ्ने बताउँदै विकासमा सहकार्य गर्न पुरीलाई आग्रह गरेको बुझिएको छ ।
भारतीय प्रधानमन्त्रीको विशेष सन्देश लिएर त्यहाँकी विदेशमन्त्री सुष्मा स्वराज पनि दुई साताअघि काठमाडौं आई ओलीसँग लामो वार्ता गरेकी थिइन् ।

यति बेला भारतीय सेनाध्यक्ष विपिन राउत पनि काठमाडौंमा छन् । उनी सेना दिवसमा विशेष अतिथिका रूपमा काठमाडौं आएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC