scheduleबिहिवार फाल्गुन १० गते, २०७४

कर्णाली बनाउन प्रदेशमा झरेको हुँ: सांसद शाही

सुर्खेत, १ फागुन । हुम्ला (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित नेपाली काँग्रेसका जीवनबहादुर शाहीले कर्णाली बनाउन प्रदेशमा झरेको बताएका छन् ।

यस प्रदेशका नागरिकको समृद्धि र विकासलाई ध्यानमा राखेर प्रदेश झरेको बताउँदै सांसद शाहीले भने, “प्रथमतः यो प्रदेशको मुख्यमन्त्रीको भूमिकामा रहेर काम गर्न हुम्ली जनताले मलाई निर्वाचित गरेका थिए तर मुलुकमै नेपाली काँग्रेसको अनपेक्षित पराजयको परिणामले यो अवसर गुम्यो, तथापि प्रदेश निर्माणको सवालमा हामीले महत्वपूर्ण प्रतिपक्षको भूमिका पाएका छौँ ।”

“६ नं प्रदेशको ५२ प्रतिशत गरिबी घटाएर सम्पन्न प्रदेश बनाउनु सामान्य कुरा छैन, यसमा सबै जिल्लाबाट निर्वाचित जनप्रतिनिधिले साझा भूमिका निर्वाह गर्नुपर्दछ,” उनले भने, “यो प्रदेशको समृद्धिका लागि विगतको राजनीतिक संस्कारमा परिमार्जन आउनुपर्दछ ।”

पूर्वसंस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री शाहीले यो प्रदेशको अर्थतन्त्र बलियो बनाउन उत्पादनमा वृद्धि र उद्योगधन्दाको विकास गर्नुपर्ने बताउँदै जनताको कर असुलेर अर्थतन्त्र बलियो नहुने धारणा व्यक्त गरे ।

दूरदर्शी र दीर्घकालीन महत्वका योजना बनाउन सके कर्णालीको बाटो र ढुंगामा पनि पैसा लुकेको उनकाे भनार्इ थियाे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
Arghakhachi
Machhapuchhre Bank
NTC
NIBL