scheduleसोमवार जेष्ठ ७ गते, २०७५

प्रदेश २ को सभामुखमा सरोजकुमार यादव

धनुषा, १ फागुन । प्रदेश नम्बर २ को सभामुखमा राष्ट्रिय जनता पार्टी नेपालका सरोजकुमार यादव निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश संसद सचिवालयले तोकेको समयसम्ममा यादव बाहेक कसैले पनि उम्मेदवारी दर्ता नगराएपछि उनी नै निर्विरोध निर्वाचित भएका हुन् ।

राष्ट्रिय जनता पार्टी नेपालका उपाध्यक्ष समेत रहेका यादवले संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता लालबाबु राउतको समर्थन र राजपा नेपालका संसदीय दलका नेता जितेन्द्र सोनलको प्रस्तावमा सभामुखमा उम्मेदवारी दर्ता गराएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Vianet
NTC