scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नेपाल शिक्षक संगठनमा खनाल

इलाम, ५ फागुन । नेपाल राष्ट्रिय शिक्षक संगठनको ११ आैँ जिल्ला अधिवेशनले प्रकाश खनालको अध्यक्षतामा ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

संगठनको शुक्रबार सदरमुकाममा सम्पन्न अधिवेशनबाट उपाध्यक्षमा थीरबहादुर राई र रेनुका सुवेदी, सचिवमा रूपमान सुब्बा, सहसचिवमा प्रतिमा चापागाईं र कोषाध्यक्षमा प्रकाशचन्द्र शर्मा चयन भएका  छन् । यस्तैगरी कार्यसमिति सदस्यमा गीतादेवी अधिकारी, नुनुमा राई, इन्दिरा शिवाकोटी, नेत्रप्रसाद अधिकारी, गणेशप्रसाद खतिवडा, डिकबहादुर राई, रवीन तिम्सिना, कुवीर तामाङ, केन्द्र बस्नेतलगायत चयन भएका  छन् । महाधिवेशन प्रतिनिधिमा गोपाल नेपाल, रूद्रबहादुर दर्जी, हरि ढुंगेल र भीमलता उप्रेती चयन भएका  छन् । संगठनका केन्द्रीय उपाध्यक्ष भीमबहादुर बस्नेतले अधिवेशनको उद्घाटन गरेका  थिए ।

सूर्याेदयको शैक्षिक सुधार
सूर्योदय नगरपालिकाले सामुदायिक विद्यालयमा शैक्षिक सुधार ल्याउने अभियान सञ्चालन गरेको छ । नगरपालिकाले शैक्षिक सुधार अभियानअन्तर्गत विद्यालयमा शिक्षकको नियमितताका लागि विद्युतीय हाजिरी शुरू गरेको छ । नगरपालिकाले फिक्कल मावि फिक्कल, करफोक विद्या मन्दिर करफोक र कृष्णाश्रम माध्यमिक विद्यालय कन्याममा थम्ब प्रिन्ट प्रिजेन्स शुरूआत गरेको नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले बताए । नगरपालिकामा ६७ सामुदायिक र ३१ संस्थागत विद्यालय छन् । शिक्षकको हाजिरी नगर प्रमुखको कार्यालयबाट दैनिकरूपमा अनुगमन गरिनेसमेत बताइएको छ ।

यसैबीच यस वर्ष अढाइ लाखभन्दा बढीलाई हात्तीपाइले रोगविरूद्धको औषधि खुवाइने भएको छ । जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्लले दुई वर्षदेखि माथि ७० वर्षसम्मका दुई लाख ६६ हजार ८३३ जनालाई यही फागुन १२–१४ गतेसम्म हात्तीपाइले रोगविरूद्धको औषधि खुवाउन लागिएको जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob