scheduleसोमवार आषाढ़ ११ गते, २०७५

व्यापारीको घरमा वार्ताः मार्क्सको ‘नर्क जाने बाटो’ सम्झिए बाबुरामले


काठमाडौं, ६ फागुन । नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले शीर्ष नेताहरुले व्यापारीको घरमा पुगेर वार्ता गर्ने अभ्यासको विरोध गरेका छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले व्यापारीको घरमा राजनीतिक वार्ता गर्ने अभ्यासलाई प्राथमिकता दिन थालेपछि बाबुरामले विरोध गरेका हुन् ।

संयोजक भट्टराईले व्यापारीक स्वार्थ भएका व्यक्तिको निजी निवासमा छलफल गर्नु राम्रो नहुने सुझाव दिएका छन् । नेताद्वयले वाम एकताको विभिन्न चरणको वार्ताहरु व्यापारीको घरमा गर्ने गरेका छन् ।
केहीदिन अघिसम्म ललितपुरका एक व्यापारिको घरमा वार्तामा जुटैका नेताहरु आइतबार भने भक्तपुरका व्यापारी दुर्गा प्रसाईंको घरमा छलफल गरेका थिए ।

आइतबार दुर्गा प्रसाईंको घरमा नेताद्वय र व्यापरी प्रसाईले खाना खाइरहेको तस्बिर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यसको विरोध भइरहेको छ । भट्टराईले ट्वीट गर्दै भनेका छन्, ‘राज्य र पार्टीका जिम्मेवार नेताले व्यापारीक स्वार्थ भएका व्यक्तिका निजी निवासमा भेटघाट नगर्नु राम्रो हुन्छ ।’

उनले अगाडि लेखेका छन्, ‘नियत राम्रो भए पनि त्यसले गलत सन्देश दिन्छ । क्रोनी क्यापिटालिस्म भनेकै यही हो ।’ उनले मार्क्सको बहुचर्चित भनाईले ट्वीटको बिट मार्दै भनेका छन्, नर्क जाने बाटो पनि असल मनसायले बनाइएको हो ।’

तस्बिरः सामाजिक सञ्जालबाट

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob