scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नेता पक्राउ परेपछि बोले विप्लव, भन्छन्- अब ओली सरकारको दिनगन्ती सुरु भयो

फाइल फोटो

काठमाडौं, ६ फागुन । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले केपी शर्मा ओली नेृतृत्वको सरकारले नेकपाका नेताहरु गिरफ्तार गरेको भन्दै आक्रोश पोखेका छन् ।

उक्त पार्टीका पार्टीका स्थायी सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र पिबिएम पदम राईलाई सरकारले गिरफ्तारी गरेपछि महासचिव विप्लवले सरकारविरुद्ध आक्रोश पोखेका हुन् । आइतबार विप्लवले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको तत्काल रिहाईको माग गरेका छन् । नेकपा निकट युवा संगठ राष्ट्रिय युवा जनस्वयम्सेवकको तेस्रो राष्ट्रिय सम्मेलनको विराटनगरमा उद्घाटन गर्न पुगेका नेताहरुलाई गिरफ्तार गरिएको हो ।

‘आज फागुन ६ गते युवाहरुको संगठन राष्ट्रिय युवा जनस्वयंक नेपालको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन विराटनगरमा थियो । सम्मेलनको उद्घाटन गर्न हाम्रो पार्टीका स्थायी समितिका सदस्य कमरेड सुदर्शन, पीबीएम कमरेड पदम राई लयागतका नेताहरु जाँदै हुनुहुन्थ्यो.’विप्लवले भनेका छन्, ‘विराटनगर पुग्दै गर्दा चार दिन अघि मात्र गठन भएको कथित सामाजिक दलाल पुँजीवादी केपी ओलीको सरकारले विना कारण कमरेड सुदर्शन र पीबीएम पदम राई लगानयत दर्जनौं युवन कमरेडहरलाई गिरफ्तार गरेको छ ।’

विज्ञप्तिमा महासचिव विप्लवले यो गिरफ्तारीले राजनैतिक स्वतन्त्रताको स्वर उराल्ने पुँजीवादी संसदीय व्यवस्थाको दमनकारी, जनघाती चरित्रलाई उदांगो पारेको आरोप लगाएका छन् । उनले कम्युनिस्ट नामबाट सरकारमा पुगेको ओली पाखण्डी एवं दमनकारी चरित्रलाई पनि नांगो बनाइदिएको बताउँदै गिरफ्तारीको घोर भर्त्सना गरेका छन् ।

‘आफ्नो सरकारी काम नै जनता र पार्टीमाथि दमन गरेर शुरु गर्ने ओली सरकारको यो कदम रोक्न र गिरफ्तार वरिष्ठ नेताहरु लगायतलाई विना शत मुक्त गर्न माग र आग्रह गर्दछौं,’ विज्ञप्तिमा उनले भनेका छन्, ‘अन्यथा ओली सरकारको दिनगन्ती यही बाट शुरु भएको चेतावनी दिन चाहान्छौं । ऐतिहासिक सम्मेलनमा जुट्नु भएका युवाहरुलाई दमनको कुनै प्रवाह नगरी युवाहरुको इतिहास नै न्यायको लागि विद्रोहसँग जोडिएको स्मरण गर्दै आफ्नो सम्मेलन सफल गर्न र सक्षम एवं जुझारु नेतृत्व निर्माण गर्न आव्हान गछौं ।’

विप्लवले पक्राउ परेका नेताहरु रिहा नगरे फागुन ८ गते नेपाल बन्द गर्ने बताउँदै बन्द सफल बनाउन पार्टीनिकट युवाहरुलाई आह्वान गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob