scheduleसोमवार आषाढ़ ११ गते, २०७५

प्रदेश नं १: जनतासँग प्रहरी अभियान

फाइल फोटो

मोरङ, १० फागुन । प्रदेश नं १ कोे मन्त्रिपरिषद् बैठकले महिनामा दुई पटक मुख्यमन्त्री र जनताबीच टेलिफोन संवाद कार्यक्रम गर्ने निर्णय गरेको छ ।

बैठकले नागरिक सुरक्षाका लागि ‘जनतासँग प्रहरी अभियान’ अन्तर्गत प्रदेश नं १ मा रहेका सम्पूर्ण घरधुरीको तथ्यांक संकलन गरेर घरघरमा प्रहरीको टेलिफोन नंमसहितको स्टिकर टाँस्ने निर्णय गरेको छ । मुख्यमन्त्री शेरधन राईले आपराधिक वा प्राकृतिक घटना भएका स्थानमा शहरमा आधा घण्टा र ग्रामीण क्षेत्रमा एक घण्टाभित्र प्रहरी पुग्ने तयारीमा सरकार लागेको बताए ।

बैठकले प्रदेशस्तरीय कानून निर्माणका लागि मन्त्रिपरिषद्लाई सुझाव दिन तीन सदस्यीय समिति गठन गरेको छ । कानून मस्यौदा, भौतिक पूर्वाधार विकास र सुशासन तथा सदाचार समितिले आवश्यक कानुन मस्यौदा तयार गरी मन्त्रिपरिषद्को सचिवालयमा प्रस्तुत गर्नेछ । फागुन तेस्रो साताभित्र मन्त्रिपरिषद्ले पूर्णता पाउने बताइएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob