scheduleसोमवार आषाढ़ ११ गते, २०७५

व्यवसायिक अलैंची खेतितर्फ किसानको अाकर्षण बढ्दो

ताप्लेजुङ, ११ फागुन । केहि वर्ष अघि सम्म ताप्लेजुङका खाली ठाँउ, खोल्सा खोल्सी र ओसिलो ठाउँमा मात्र पाईने अलैँचीको माग र भाउ पनि उच्च भएसँगै व्यवसायिक रुपमा खेति गर्न थालिएको छ । ताप्लेजुङमा आजभोलि धान बाली लाग्ने खेतमै व्यवसायीक रुपमै अलैचिका खेती गर्न थालिएको छ ।

मौसम र हावापानीको मात्रा मिलाउन सके अन्य बालीको तुलनामा अलैंचीबाट तेब्बरले लाभ लिन सकिने भएकाले यस प्रतिको आकर्षण बढेको हो । फुङ्लिङ नगरपालिकाका किसान खेमराज केसी अलैंची खेतिले राम्रो आम्दानी दिने बताउछन्। थुकिमाका किसान मिङ्मा शेर्पाले पनि आफ्नो बारीमा भएको सबै तरकारी तथा फलफुल हटाएर अलैँची रोपेका  छन् ।

अलैँचि खेति प्रविधि लगायतका विषयमा समय समयमा सिप विकास तालिम पाएपछि झन उत्साह बढेको उनको भनाई छ । कृषकको चाहनालाई ध्यानमा राख्दै डेनमार्क सरकारको सहयोगमा जिल्लामा सञ्चालित ‘उन्नति समावेशी परियोजना’ अन्तर्गत निजी क्षेत्रका उद्यमी, व्यक्ति तथा सहकारी संस्थाहरूबीच समन्वय गरि कार्यक्रम पनि भईरहेको छ ।

परियोजनाले अलैंची खेतिमा राम्रो लगानी गरेको परियोजनाका कृषि व्यापार विशेषज्ञ नरेन्द्र निरौला बताउछन् । अलैंची उत्पादनमा कृषकको व्यवसायिकता बढेपछि उत्पादन पनि गुणस्तरीय हुन थालेको छ । पहिले धुलो सहित चिसो अलैंची बिक्रिका लागि आउने गरेपनि अहिले अलैंचीको उत्पादन र बिक्रिमा पनि सुधार भएको अलैंची कृषक समेत रहेका व्यवसायी खेमराज केसि बताउछन् ।

जिल्लाको कुल क्षेत्रफल मध्ये ४५ सय हेक्टर क्षेत्रफमा व्यवसायिक रुपमा अलैँची खेती गरिँदै आएको छ । प्रतिहेक्टर ०.६० मेट्रिकटनका दरले वार्षिक २४ सय ९० मेट्रिकटन अलैंची उत्पादन हुने कृषि विकास कार्यालय ताप्लेजुङको तथ्याङ्कमा छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob