scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

२८ वर्षीय युवतीले ड्रोनको प्रयोग गर्दा स्वास्थ्य सेवामा क्रान्तिकारी परिवर्तन

अनुभा तिवारी

काठमाडौं, १२ फागुन । प्रविधिको प्रयोग जोसुकैले गर्न सक्छन् । अझ जीवनमा आनन्द लिने र सुख थप्ने धूनमा विद्युतीय डसनादेखि चुरोटसम्म, एसी देखि रोबोटसम्म उपयोग गरिएको उदाहण थुप्रै छन् । केही मानिस भने परिश्रम, दृढ सङ्कल्प र प्रविधिको मिश्रण गरेर आफ्नो भन्दा पनि लोककल्याणका लागि अहोरात्र लागेका छन् । यस्तै प्रयासले समाजमा परिवर्तन गर्न सम्भव भएको छ ।

पूर्वी अफ्रिकामा एउटा देश छ– रुवान्डा । रुवाण्डालाई हजारौं पहाडको भूमि भनेर पनि चिनिन्छ । देशविदेश घुमेका, सञ्चारमाध्यमको पहँुच भएका मानिसहरुले भनेको सुनिन्थ्यो– यो देशमा विभिन्न खनिज पदार्थहरु, हिरामोती, मणि पन्ना आदि पाइन्छन् तर ठूला देशको चेपुवा र आन्तरिक युद्धले बर्बाद पारेको छ रे !

रुवान्डा अहिले पनि आधारभूत स्वास्थ्य समस्यामा जुधिरहेको छ । मानिसका आधारभूत आवश्यकता पूरा गर्ने अनेकानेक प्रयत्न भइरहेको छ । अहिले त्यही देश विश्व मानचित्रमा चमत्कारी विन्दुका रुपमा देखिएको छ ।

रुवान्डामा अहिले एउटा यस्तो व्यक्ति पुगेकी छन् जसले रुवान्डाको स्वास्थ्य सुविधाका क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेकी छन् । उनी हुन्– प्राथना देसाई । देशाई एउटा गैरसरकारी सस्था “जिपलाइन”मा काम गर्छिन् । जिपलाइन एउटा यस्तो कम्पनी हो जसले ड्रोन (साना रोबोट एरोप्लेन) का माध्यमबाट चिकित्सकीय सामग्री पु¥याउने काम गर्छ । यसले अति आवश्यक दबाईहरु छोटो समय र खर्चमा पु¥याइदिन्छ । सन् २०१७ को फोब्र्स म्यागेजिनले उद्योगका क्षेत्रमा उपलब्धि हासिल गर्ने ३० वर्षभन्दा मुनिका युवाहरुको सूची प्रकाशन गरेको छ । उक्त सूचीमा ३० जना त भारतीय मूलका मानिसहरु मात्र परेका छन् । तिनैमध्ये कि एक हुन्– गुजरात कि २८ वर्षीय प्रार्थना देसाई ।

रुवान्डाका नागरिकले प्रसुति अवस्थाका लागि आवश्यक दबाइ १५ मिनेटमा पाउन थालेपछि मात्रै यो स्वास्थ्य सेवाकै पर्याय “प्रार्थना” प्रसिद्ध भइन् । प्रार्थना भन्छिन्– बिरामीसम्म स्वास्थ्य सुविधा तुरुन्त पुग्न थाल्यो । एक घन्टाभित्र रगत (ब्लड) प्राप्त गर्न पाउनुलाई पहिले कल्पनाभन्दा बाहिरको कुरा मानिन्थ्ययो ।

प्रार्थनाले मेसाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीबाट बीएसको डबल डिग्री लिएकी छन् । उनले आफ्नो क्यारियरको सुरुवात सन्फ्रान्सिस्कोको बेन एन्ड कम्पनीबाट गरेकी हुन् । हार्वर्ड युनिवर्सिटीबाट एमबीए÷एमपीपी लगायतका पढाई पूरा गरेपछि उनले समाजसेवा गर्ने उद्देश्यले जिपलाइन कम्पनीमा काम गर्न थालेकी हुन् ।

यो सामाजिक परिवर्तन गर्न सफल प्रार्थनाले यसअघि पनि थुप्रै अभियानमा काम गरिसकेकी छन् । यसक्रममा उनले न्युयोर्क र रुवान्डामा चलिरहेको क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ (सीएचएआई) मा पनि काम गर्न भ्याइसकेकी छन् । उनी जहिले पनि समाजलाई केही दिनुपर्छ भन्ने कुरामा विश्वास राख्छिन् । प्रार्थनासँग क्लिन्टन हेल्थ एक्सेस इनिसिएटिभ को समूहमा रहँदा दातृनिकाय, उत्पादक, सरकारी मन्त्रालयहरु र विभिन्न विभागहरुमा रहेर काम गरिसकेको अनुभव पनि छ ।

प्रार्थना भन्छिन्– ‘म स्वास्थ्य सेवा एक सार्वभौमिक अधिकार हो, जसले सबै मानिसहरुलाई खुसी रहन र अधिक उपयोगी जीवन जीउन अनुमति दिन्छ भन्ने विश्वासले अनुप्रेरित छु । यस आधारमा विकासशील देशको स्वास्थ्य सेवा सुधार गर्ने नयाँनयाँ उपाय खोज्नकै लागि म आफ्नो क्यारियर उपयोग गर्ने छु ।’

प्रार्थनालाई सार्वजनिक र निजी क्षेत्रको सामूहिक प्रयासले विकासिशील देशका नागरिकको स्वास्थ्य सुधार र चिकित्सकीय पूर्वाधार (मेडिकल इन्फ्रास्ट्रक्चर) निर्माणमा धेरै मदत पुग्नेछ भन्ने विश्वास छ ।

घरबारविहीन मानिसलाई आश्रय दिने र नयाँ सिराबाट उनीहरुको क्यारियर विकास गर्ने उद्देश्यले प्रार्थना अहिले वाईटुवाई ९थ्द्दथ्० हार्वर्ड स्क्वायरमा स्वयम्सेवकको भूमिका पनि निर्वाह गरिरहेकी छन् । अहिले चाहिँ उनी संलग्न कम्पनी जिपलाइनले रुवाण्डाका विभिन्न भागमा रहेका २१ वटा अस्पतालहरुलाई स्वास्थ्य सेवा आपूर्ति गरिरहेको छ र उनी यसकार्यलाई अझ प्रभावकारी बनाउन भविष्यमा १५ देखि २० वटा ड्रोन अझै थप्न चाहन्छिन् ।

२८ वर्षीय प्रार्थना भन्छिन्– यो सबै दृढ सङ्कल्प र प्रतिवद्धताका कारणले मात्र सम्भव भएको हो र यस्ता धेरै काम गर्न अझै बाँकी छन् ।
प्रार्थनाले रुवान्डाको स्वास्थ्य सेवा प्रणालीमा धेरै ठूलो परिवर्तन ल्याएकी छन् । न्यूनतम स्वास्थ्य सुविधा नपाएकै कारण जीवन गुमाउनु पर्ने बाध्यतामा रहेका वा आपत बेहोरिरहेका धेरै मानिसको जीवन बचाएकी छन् । प्रार्थनाले गरेको यो काम प्रशंसनीय र प्रेरणाले भारिपूर्ण छ ।

मत्यु शैय्याबाट बिउँझेका रुवाण्न्डाली हरेक नागरिकको आशीष लागोस्– प्रार्थना । तिमीलाई हाम्रो पनि शुभकामना ।
(साभारः केनफोलिओस, ठमनाथ घिमिरेद्वारा अनूदित)

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob