scheduleसोमवार आषाढ़ ११ गते, २०७५

पोखरामा मिस एण्ड मिसेस फिटनेसहरु

२७ फागुन । पोखरामा भइरहेको फरक शैलीको सौन्दर्य प्रतियोगिता मिस एण्ड मिसेस फिटनेस सिजन २ को सेल्फ ट्यालेन्ट राउन्ड शनिबार पोखरामा सम्पन्न भएको छ ।

सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरले आयोजना गरेको उक्त प्रतियोगीतामा शनिवार १३ प्रतियोगीहरुले प्रर्तिस्पर्धा गरेका छन् । शनिबार सम्पन्न ट्यालेन्ट राउन्डमा प्रतियोगीहरुले नृत्य, गायन, हास्य प्रहशन र बौद्धिक कला जस्ता प्रस्तुतीहरु दिएका थिए ।

आगामी चैत्र ३ गते होटल पोखरा ग्रान्डमा विविध सांस्कृति कार्यक्रमका साथ कार्यक्रमको प्रतियोगीहरुले अन्तिम प्रर्तिस्पर्धा गर्दैछन् ।

स्वस्थ र तन्दुरुस्त हुनु नै सुन्दर हुनु हो भन्ने नारालाई आत्मसाथ गर्दै महिला तथा युवा पुस्ताहरुलाई सामाजिक कार्यमा अग्रसर गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको आयोजक सेपअप जुम्बा एण्ड एरोविक फिटनेस सेन्टरकी संञ्चालक तथा जुम्बा प्रशिक्षक रितु गुरुङले जानकारी गराएकी थिइन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob