scheduleसोमवार आषाढ़ ११ गते, २०७५

बलिउडमा दमदार जमेका कलाकारहरु

एजेन्सी, २८ फागुन ।  धेरै कलाकारहरु अब ‘गेस्ट अपिरेन्स’ को भुमिका गर्न समेत हिचकिचाउँदैनन् । एउटा सानो भुमिका कारण नयाँ परिचय बनाउने कलाकारहरुले आफ्नो जीवनमा यति ठुलो सफलता पाइएला भनेर नसोचेको समेत बताउँछन् । बलिउडमा केही यस्ता कलाकारहरु छन् जसको भाग्य ‘गेस्ट अपिरेन्स’ बाट चम्किएको थियो ।

बलिउड दबंग नायक सलमान खानले पनि ‘गेस्ट अपिरेन्स’ भुमिकाबाट आएका हुन् भन्दा धेरैलाई विश्वास नलाग्न सक्छ । उनले पहिलो पटक डेब्यु गरेको फिल्म ‘बीबी हो तो ऐसी’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । यसपछि भने सलमान खानको भाग्य चम्कियो । यस फिल्म लगत्तै उनले फिल्म ‘मेने प्यार किया’ गरे । उक्त फिल्म सुपरहिट भएको थियो ।

नवाजुद्धिन सिद्धीकीले आफ्नो बलिउड करिअर ‘गेस्ट अपिरेन्स’ बाट गरेका थिए । सायद कमैलाई थाहा छ होला उनले आमिर खानको मुख्य भुमिका रहेको फिल्म ‘सरफोरोश’ मा ‘गेस्ट अपिरेन्स’ गरेका थिए । उक्त फिल्ममा उनले १ मिनेटको ‘गेस्ट अपिरेन्स’ भुमिका गरेका थिए । त्यसपछि उनको भाग्य विस्तारै चम्कियो । हाल उनको बलिउडमा क्रेज निकै ठुलो रहेको छ ।

यी अभिनेताले आफ्नो फिल्मको करिअर फिल्म बम्बे भेल्भेटमा ‘गेस्ट अपिरेन्स’ को भुमिकाबाट सूरु गरेका थिए । त्यसपछि उनले गरेको फिल्म ‘मसान’ ले ठुलो चर्चा तथा सफलता पायो । उनको मुख्य भुमिका रहेको यस फिल्मले महत्वपुर्ण अवार्डहरु समेत जित्न सफल भयो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob