scheduleसोमवार आषाढ़ ११ गते, २०७५

नेपालले जित्यो, हङकङ पाँच विकेटले पराजित

काठमाडौं, २८ फागुन । विश्वकप क्रिकेट छनोट खेल अन्तर्गत आज भएको खेलमा नेपालले हङकङलाई पाँच विकेटले हराएको छ ।

जिम्बावेमा जारी आइसीसी क्रिकेट वर्ल्डकप क्वालिफायर अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले हंङकङलाई पराजित गर्दै पहिलो जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ४८.२ ओभरमा १५३ रनमा अलआउट भएको थियो १ सय ५४ रनको विजयी लक्ष्यका साथ जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०.४ ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेटाएको हो ।

नेपालका लागि रोहित कुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob