scheduleसोमवार आषाढ़ ११ गते, २०७५

काठमाडौंको टेकुमा आइएमई जनरल इन्स्योरेन्सकाे शाखा विस्तार

काठमाडौं, २९ फागुन । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड कम्पनीले काठमाडौंको टेकुको अम्बे कम्प्लेक्समा ३३ औं शाखा विस्तार गरेको छ । शाखाको बीमा समितिका अध्यक्ष चिरञ्जिवी चापागांईले उद्घाटन गरे ।

उक्त अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकाल तथा अन्य संचालक समितिका सदस्यहरुको उपस्थिती रहेको थियो । उक्त समारोहमा स्थानीय उद्योगी, व्यापारीहरुलयागत विभिन्न बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीका प्रमुख तथा प्रतिनिधीहरु, सहकारी संस्थाका प्रमुखहरु तथा सर्वसाधारणहरुको उपस्थिति रहेको थियो । शाखाको उद्घाटन कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जिबी चापागाईले बीमा क्षेत्रले थप रोजगारी बढाउन ठूलो योगदान दिने हुनाले ग्राहकहरुलाई चुस्त र सहज सेवा लगायत लगानीकर्ताको हित तथा कर्मचारीहरुको मनोवृतिमा विशेष ध्यान दिएर कार्य गर्न व्यवस्थापनलाई सुझाव दिए ।

कार्यक्रममा संचालक समितिका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्दै देशभरी नै शाखा सञ्जाल विस्तार गरी ग्राहकहरुलाई सरल, छिटो तथा विश्वसनिय सेवा प्रदान गर्ने जानकारी गराए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob