scheduleसोमवार आषाढ़ ११ गते, २०७५

बढेर नेप्सेको आजको अंक १२८१ कायम, कारोबार रकम खस्कियो


काठमाडौं, २९ फागुन । आज सेयर बजार परिसूचक नेप्से ४.८९ अंकले बढेर १२८१.९० अंकमा कायम हुन पुगेको छ । यस्तै क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.३० अंकले बढेको छ ।

बजारमा बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको छ ।

आज बजारमा १५६ कम्पनीको ५ लाख ५५ हजार ७२२ कित्ता सेयर ३ हजार १ सय १७ पटक खरिदबिक्री हुँदा २३ करोड ७० लाख रुपैंया बराबरको कारोबार भएको छ । यो कारोबार रकम निकै कम हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob