scheduleसोमवार आषाढ़ ११ गते, २०७५

कक्षा ११ र १२ को प्रश्नपत्र छपाई सुरु

भक्तपुर, २९ फागुन । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा ११ र १२ को प्रश्नपत्र आजबाट छपाई सुरु गरिएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड सानोठिमीमा उक्त प्रश्नपत्रको छपाइ कार्य आजबाट सुरु गरिएको बोर्डले जनाएको छ ।

आगामी वैशाख १४ गतेबाट कक्षा १२ को परिक्षा सुरु हुँदैछ भने वैैशाख ३१ गतेबाट कक्षा ११ को परिक्षा सुरु हुँदैछ ।

बोर्डकी प्रवक्ता तथा उप–नियन्त्रक जयन्ती सत्यालका अनुसार परीक्षाका लागि देशभर १ हजार ४९ केन्द्र निर्धारण गरिएको छ भने देशभरबाट नौ लाखभन्दा बढी विद्यार्थीले परिक्षामा सहभागित जनाउन लागेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob