scheduleसोमवार आषाढ़ ११ गते, २०७५

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा प्रहरी फन्दामा

काठमाडौँ, २९ फागुन । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने मोटरसाइकल चालकलाई पक्राउ गरेको छ ।

ट्राफिक नियम पालना नगरी उल्टै घुस दिन खोज्ने खुस दिन खोज्ने सर्लाही घर भई हाल भक्तपुर बस्ने भुवन मोक्तानलाई आज दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

महाशाखाको टोलीले सिंहदरबार चोकमा ट्राफिक प्रहरीले जाँच गर्ने क्रममा सवारी नियम उलंघन गरेबापत चिट लिन नमानी मोक्तानले उल्टै ‘मिलाइदिनुस न !’ भन्दै रु ५०० सय ट्राफिक प्रहरीको हातमा थम्याउन खोजेका थिए ।

महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले घुस दिने र लिने दुवैलाई कारबाही गरिने जानकारी दिएका छन् । पक्राउ परेका मोक्तानलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त सिंहदरबार पठाएको महाशाखाले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob