scheduleसोमवार आषाढ़ ११ गते, २०७५

विमान दुर्घटनाका मृतकप्रति श्रद्धाञ्जलीस्वरुप दीप प्रज्वलन

काठमाडौं, २९ फागुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगला विमान दुर्घटनामा ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली स्वरुप दीप प्रज्वलन गरिएको छ ।

मृतकहरुको आत्मशान्तिको कामना गर्दै माइतीघर मण्डलामा आज साँझ दीप प्रज्वलन गरेका हुन् ।

बंगलादेशको राजधानी ढाकाबाट चालक दलका चार सदस्यसहित ७१ जना बोकेर उडेको उक्त विमान अवतरणका क्रममा सोमबार अपरान्ह २ः२० मा दुर्घटना भएको थियो । दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका छन् भने अन्य २१ जनाको राजधानीको विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob