scheduleसोमवार आषाढ़ ११ गते, २०७५

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा विदेशमन्त्री बर्खास्त

वासिङटन २९ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिदेशमन्त्री रेक्स टिलरसनलाई बर्खास्त गरेका छन् ।

उनको स्थानमा गुप्तचर स‌ंस्था सीआईएका प्रमुख माइक पोम्पियोलाई नियुक्त समेत गरको छन् ।

टिलरसनलाई हालसम्मको सेवाका लागि धन्यबाद दिँदै ट्रम्पले ट्वीटरमार्फत् यस्तो घोषणा गरेको बीबीसीले जनाएको छ ।

उत्तर कोरियाका नेता किम जोङ उनसँग वार्ता गर्ने ट्रम्पको निर्णयप्रति टिलरसनले असहमति जनाउँदै आएका थिए । राष्ट्रपति ट्रम्प र टिलरसनबीचको दूरि बढ्दै जाँदा गत शुक्रबार नै ट्रम्पले उनको राजिनामा मागेका थिए ।

उत्तर कोरियासँगको वार्तालाई सफल बनाउने उदेश्यले राष्ट्रपतिले यस्तो कदम चालेको ह्वाइटहाउस स्रोतलाई उदृत गर्दै सीएनएनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob