scheduleसोमवार आषाढ़ ११ गते, २०७५

दोषीले उन्मुक्ति पाउने छैनन्ः गृहमन्त्री थापा

काठमाडौँ, २९ फागुन । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ले महिलामाथि हुने गरेको हिंसाको दोषीउपर कडा कारवाहीका लागि कदम चालिएको बताएका छन् ।

पुष्पा ठाकुरको नेतृत्वमा आएको अन्तरपार्टी महिला सञ्जालको टोलीले महिलामाथिको हिंसा बढिरहेको भन्दै त्यसलाई रोक्न गृहमन्त्री रामबहादुर थापाको ध्यानाकर्षण गराएको छ । सोही क्रममा गृहमन्त्री थापाले महिला हिंसाबारे मन्त्रालय गम्भीर रहेको भन्दै दोषीलाई उन्मुक्ति नदिइने स्पष्ट पारेका छन् । उनले दोषीलाई कारबाहीका लागि मन्त्रालयले निर्देशन दिइसकेको भन्दै अधिकांश दोषीलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रियासमेत अगाडि बढाइसकेको जानकारी दिए ।

गृहमन्त्री थापाले महिला हिंसाविरुद्ध मन्त्रालयले शुरु गरेको अभियानमा हातेमालो गरेर अघि बढ्न सञ्जाललाई आग्रह समेत गरेका छन् ।

सञ्जालको टोलीले आज गृहमन्त्री थापालाई ज्ञापनपत्र बुझाउँदै पर्सामा आठ वर्षीया बालिकामाथि भएको बलात्कारको घटना, कैलालीमा युवतीलाई बोक्सीको आरोपमा गरिएको दुव्र्यवहार, धनुषामा बाबुबाट छोरीको हत्यालगायतका घटनाले स्तब्ध बनाएको भन्दै घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob