scheduleआइतवार आषाढ़ ३१ गते, २०७५

मधेसकाे समस्याबाट प्रधानमन्त्री अाेली भाग्न खाेज्दैछन्ः नेता मैनाली

दाङ, १ चैत । नेकपा (माले)का महासचिव सिपी मैनालीले मधेसको समस्याबाट वर्तमान प्रधानमन्त्री केपी ओली भाग्न खोजेको आरोप लगाएका छन् ।

तुलसीपुरमा नेकपा (माले)को राष्ट्रिय परिषद् अधिवेशनलाई सम्बोधन गर्दै नेता मैनालीले मधेसी दलहरुले उठाएको मागलाई प्राविधिक तवरले समाधान गर्न केपी शर्मा ओलीको सरकार लागेको बताए ।

उनले एक मधेस एक प्रदेश र हिन्दी भाषा राष्ट्रिय भाषा हुनै नसक्ने तर्क गरेका छन् ।

मैनालीले संविधान र कानुनी प्रक्रियाबाट मधेसको समस्या समाधान हुनुपर्ने विचार व्यक्त गरेका छन् ।

अधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob